नगर परिचय

इनरुवा नगरपालिका नेपालको कोशी प्रदेश अन्तरगत सुनसरी जिल्लाको सदरमुकाममा अवस्थित रहेको छ । यो नगरपालिकाको क्षेत्रभित्र तत्कालिन महेन्द्र राजमार्ग र हाल पूर्व – पश्चिम लोकमार्गको करीब ७ कि.मि.लम्बाइ रहेको छ।भौगोलिक सिमाङ्कन अनुसार पूर्वमा गढी र पश्चिममा भोक्राहा नरसिंह गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका तथा दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको छ । यो नगरपालिकालाई राजनीतिक हिसाबले १० वटा वडाहरूमा विभाजन गरिएको छ । यस जिल्लामा रहेका ६ वटा नगरपालिकाहरूमध्ये इनरुवा एक हो भने अन्य नगरपालिकाहरूमा धरान र इटहरी उपमहानगरपालिका, रामधुनी, दुहबी, बराहक्षेत्र हुन् ।राज्य पुनर्संरचना भए पश्चात मिति २०७३/११/२७ बाट इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (स्थानीय सरकार) को रुपमा रहेको छ ।

Share